We accept ESewa and IME pay at  9856020181.

Demo Logo
Demo Logo
Demo Logo
Demo Logo
Demo Logo
Demo Logo

स्टेशन गाथा

        पोखरा विश्वकै उत्कृष्ट पर्यटकिय गन्तब्य हो । प्राकृतिक सुन्दरताले भरिपुर्ण पोखरामा विगत १५ वर्ष देखि ग्राहकको मन जित्दै आएको स्टेशन द फुड क्लब एण्ड ससेज पार्क उहि स्वादमा उत्कृष्ट स्वरुपका साथ पोखराको गैह्रापाटनमा अवस्थित रहेको छ । ग्राहकको माग अनुरुप सेवा प्रदान गर्दै आइरहेको स्टेशनले चिप्लेढुङ्गा निभा गल्लीबाट सेवा शुरु गरेको हो । ८ वर्ष उक्त स्थानमा सेवा सञ्चालन पश्चात गैह्रापाटनमा सेवा सञ्चालन भइरहेको छ । फास्टफुड खाजाका परिकारका लागि परिचित स्टेशन मुलतः मःम, चाउमिन, ससेज, आलुका लागि प्रख्यात रहेको छ । यसका अलावा नया परिकारका रुपमा ग्राहकहरुले झिरलाई पनि मन पराएका छन् । स्टेशनमा चिकेन् विँग्स, चिकेन् लेग, पिज्जा, बर्गर, फ्रेन्च फ्राइ, बिरयानी, थुप्पा लाई मेनुमा समाबेश गरेका छौं । सबै बर्गमा परिचित स्टेशन युवा वर्गका खाजाका लागि लोकप्रिय डेस्टिनेशन हो । स्टेशनको अहिलेको स्वरुपमा हामीले निकै परिमार्जन गरेका छौं । स्टेशनको सबै तल्लाहरुमा हामीले थ्रिडी र ग्राफिटी आर्टले सजाएका छौं । हरेक टेवल फोटो खिच्ने स्टुडियोको आभास पाउन सकिन्छ । भुँइ तल्लामा काउन्टर सहित नो स्मोकिङ्ग जोन रहेको छ । पहिलो तल्लामा ओपन किचनका साथ बसेर खान मिल्ने स्पेस रहेको छ । दोस्रो तल्लामा सेपरेट टेवल, कमन टेवल तथा स्विङ्ग रहेका छन्  । स्विङ्गमा झुल्दै पनि खाजा खान सकिन्छ । यसै गरि छतमा पोखराको सुन्दर भ्यु, हिमालको दृष्यावलोकन का साथ ओपन स्पेसको मज्जा लिन सकिन्छ । 

Odoo • Text and Image
Odoo • Image and Text

स्टेशन कथा

         जमाना रेडियोको थियो । जमात पनि रेडियो सुन्नेहरु कै । पोखरा एफएममा एक जना आरजे थिए । आयुष श्रेष्ठ । स्वर फिट, कार्यक्रम हिट । युवा पुस्तामा लोकप्रिय थिए उनी र उनको कार्यक्रम स्टेशन पप । रेडियोले जीवन त धानिन्थ्यो तर रहरहरु धानिदैनथ्यो । आयुष श्रेष्ठ, नामका लागि भन्दा कामका लागि रेडियोमा जोडिएका थिए । उनले त्यहाँ काम भन्दा नाम नै बढि पाए । नामलाई काममा बदल्न चाहन्थे उनी । तर लगानी गर्ने पैसा थिएन । साथीभाइसंगको सरसापटमा पोखरा एफएमकै अगाडी खुल्यो उनको काम । ठेलामा तात्तातो मःम, ससेज र आलु । रेडियो सुन्ने र उनलाई स्टेजमा कार्यक्रम चलाउदा देख्नेले भन्थे । आरजेले रोडमा मःम बेच्दैछ । आयुष बेपर्बाह थिए । यसो भन्दा उनलाई लाज लागेन । किनकि उनी कामलाई पुजा मान्थे । काम सानो ठुलो हुँदैन भन्ने सिद्धान्तमा विश्वास राख्थे । सपना प्रति अडिग थिए । रोडको कामले ग्राहकको मागलाई धान्न सकेन । उनले निभा गल्ली मा एउटा सटर भाडामा लिएर रेष्टुरेण्ट गरे । नाम दिए आफ्नै रेडियो कार्यक्रम स्टेशन पपबाट । स्टेशन । केही समयपछि त्यहाँ पनि ग्राहकको भिड बढ्न थाल्यो । सानो सटरमा ग्राहकको भिड अटाउन सकेन । 
  उनकै आग्रहमा घरबेटी कपिल कोइरालाले सोही सटर भन्दा तल अर्को फराकिलो ठाउँ बनाइदिए । पहिले भुँइ तल्लामा मात्रै सञ्चालित त्यहाँ पनि पछि माथिल्लो तल्लामा पनि फैलन पर्यो । सो स्थानलाई छोडेर स्टेशन गैह्रापाटन आयो । जता स्टेशन त्यता ग्राहक भने झैं गैह्रापाटनमा पनि स्टेशनले उत्तिकै सफलता हासिल गर्यो । गैह्रापाटनको पहिलाको लोकेसनकै आडैमा ३ तल्ला पुरै घरमा अहिले स्टेशनले आफ्नो सेवा विस्तार गरेको छ । पोखरामै पहिलो पटक थ्रिडी तथा ग्राफिटी चित्रका साथ ग्राहकको मन जित्न तल्लिन स्टेशनको कुनै पनि शाखा रहेको छैन । तर पनि यसको ख्यातीका कारण अगाडी पछाडी उपमा झुण्डाएर यस्तै खालका रेष्टुरेण्ट भने पोखरामा खुलेका छन् । स्टेशनले भविष्यमा पोखरा बाहिर तथा देश बाहिर पनि फ्रेन्चाइजी मार्फत सेवा दिने लक्ष्य राखेको छ ।

सफलताको सिंढी 

        बर्दियाको एउटा कुनाबाट एसएलसीको सर्टिफिकेट बोकेर जोशिलो युवा आइपुग्छन् सुन्दर नगरी पोखरा । पोखरा आउनु अघि नै अनेक हण्डर र असफलता झेलीसकेका उनले नैराश्यताका अनेक बादल खेपेर खाडीको मरभुमीको राप पनि भोगिसकेका थिए । फ्रेसहाउसमा मासु काट्ने देखि लिएर अरुकै पसलमा काम गर्ने अनुभव पनि उसले संगाले । धेरै तिक्तताका विच पनि उनको आँखामा उज्यालो संधै हुन्थ्यो । आशाको उज्यालो । परिश्रमको उज्यालो । कामको उज्यालो । भनिन्छ नि, यदि तिमी दौडन सक्दैनौ भने पनि हिंडी रहनुपर्छ । अनि मात्रै गन्तब्य भेटाइन्छ । आयुष श्रेष्ठ आफ्नो गन्तब्य भेटाउन थकानलाई विर्सेर हिंडिरहे । रेडियोसंग जोडिए । साथीभाइसंग जोडिए । कहिले हौसला मिल्यो । कहिले तिरस्कार । तर पनि केही गर्ने अठोटको हुटहुटी कहिल्यै मरेन । निरन्तर अगाडी बढिरहे । 

रेडियोको क्रेज गतिलो थियो । मान्छे रेडियोमा बोल्ने मान्छेलाई अलग तरिकाले हेर्ने गर्थे । तर पनि रेडियोको जागिरले भने जेनतेन खान लाउन पुग्थ्यो । यस्तो बेला अरु कामको विकल्प पनि आवश्यक थियो । कुनै पनि काम गर्न पछि नपर्ने आयुष अचानक ठेलामा मम, चाउमिन, ससेज, आलु लिएर देखा परे । आरजेले रोडमा मम बेचेको देखेर उनका श्रोता पनि झुम्मिन थाले । अचम्म माने । तर आयुषले अचम्म मानेन । रेडियोमा कार्यक्रम मार्फत नया टेस्ट दिएका आयुषले सडकको ठेलामा ममलाई चटनीको नया प्रयोगले नया टेस्ट दिए । उनको चटनीको रेसिपी पनि गज्जबको छ । खुर्सानी र चिनीको मिश्रणमा अन्य थुप्रै मरमसाला । हरेक परिकार स्वादिलो बनाउन यो चट्नी बरदान सावित भएको छ । सबै युवा पुस्ता स्टेशनको चट्नी भने पछि मुखमा पानी आयो भन्छन् । खाजाका परिकार त सबैले बनाउछ तर स्टेशनमा बन्ने परिकार फरक रेसिपीमा बन्ने गर्दछ । ग्राहकको खोजाइ र रोजाईलाई नै स्टेशनले आफ्नो मुल मन्त्र मानेको छ । १५ बर्षमै स्टेशन पोखरामा मःमको ब्राण्ड बनेको छ भने आयुष र स्टेशन एक अर्काको पर्याय । आयुषकै कारणले स्टेशन चले अनि स्टेशनकै कारणले आयुष ।

Odoo • Text and Image

Best Fast food in the Pokhara.

Come to us for good food and a lively environment.